तक्दीर अधिकारी, सिड्नी ।
गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलिया विमेन फोरम नारी निकुञ्जको आयोजनामा अन्तराष्ट्रिय विद्यार्थी केन्द्रित विशेष वेबिनार हुने भएको छ । न्यु साउथ वेल्स डिपार्टमेन्ट अफ कम्युनिटिज तथा जस्टिश सँगको सहकार्यमा आउने शुक्रवार अर्थात सेप्टेम्बर ११ गते अपरान्ह ४ बजे देखि ६ बजेसम्म उक्त वेबिनार गर्न लागिएको हो ।
कोभिड १९ को समयमा अन्तराष्ट्रिय विद्यार्थीहरुको निम्ती सरकार र सामुदायिक संघसंस्थाहरुले प्रदान गर्ने सहयोग तथा सेवासुविधा सम्बन्धमा जानकारी गराउने उद्धेश्यको साथ उक्त अनलाइन सभा गर्न लागिएको एनआरएनए नारी निकुञ्जकी संयोजक सन्ध्या शाहले जानकारी दिदै भनिन् बढी भन्दा बढी आवश्यकता भएका विद्यार्थीहरुलाइ यस कार्यक्रमबाट लाभ पुगोस भन्ने हेतु रहेको कारणले यस वेबिनारको सक्दो उपायोग गर्न सबैलाइ आग्रह गरिन् ।
नारी निकुञ्जकी सचिव सुकिर्ती भट्टले उक्त कार्यक्रममा कोभिड १९ को कारण परेका समस्याहरु र समाधान गर्ने उपायहरु सहजीकरण गर्ने, स्थानीय निकायबाट पाउने सेवा सुविधा, कार्यस्थलमा हुने भेदभावका विषयमा विशेष जानकारीमुलक अन्तरक्रिर्या हुने बताइन् । कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरु लाइ पनि यस वेबिनारले सहयोग गर्ने विश्वास लिइएको छ । उक्त अवसरमा सरकारी तथा सामुदायिक संघसंस्थाहरुले कोरोना महामारीको समयमा प्रदान गर्ने सेवा सुविधा तथा व्यवस्थाहरुको बारेमा जानकारी गराइने भएको छ । अहिले उपलब्ध सेवा सुविधाहरुको बारेमा पनि विद्यार्थीहरुले जान्न सक्ने छन् भने उनीहरुललाइ आफ्ना मनमा लागेको प्रश्नहरु सोध्ने अवसर समेत रहने भट्टको भनाइ छ । विभिन्न विश्वविद्यालयहरु वेस्टर्न सिड्नी युनिभर्सिटी, युनिभर्सिटीको अफ टेक्नोलोजि सिड्नी, अष्ट्रेलिया क्याथोलिक युनिभर्सिटी, युनिभर्सिटी अफ उलङगङ्ग लगायतका विश्वविद्यालयहरुमा नेपालीहरुले गठन गरेका नेपाली फोरम र नेपाली संघसंस्थाहरुलाइ यस कार्यक्रमको बारेमा जानकारी दिइएको छ । यस् बाट पनि अधिकतम विद्यार्थी उक्त वेबिनारमा सहभागी हुने अपेक्षा गरिएको भट्टले जानकारी दिइन् ।
यस कार्यक्रममा नेपाली विद्यार्थीहरुले धेरै कुरा सिक्ने र आफ्ना कुरा राख्न सक्ने भएको कारण अधिकतम विद्यार्थीहरु सहभागी गराउने कार्यक्रम को मुख्य उदेश्य रहेको छ । कोरोना भाइरस र समुदायमा यसको असरको बारेमा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत रन्जु थापाको प्रस्तुती बाट शुरु हुने कार्यक्रममा भिजाबाहकहरु को बसाइ र कानुनी सहायताको विषयमा न्यु साउथ वेल्स राज्य परिषदका ट्रेजरी, मानसिक स्वास्थ्य सम्बन्धमा साउथ इस्टर्न लोकल हेल्थ डिस्ट्रिक, कार्यस्थलमा हुन सक्ने भेदभावको विषयमा न्यु साउथ वेल्सको एन्टी डिस्क्रिमिनेसन तथा र काम तथा विकास निर्देशन (वर्क एण्ड डेभलपमेन्ट अर्डर्स) मा कम्युनिटिज र जस्टिशका पदाधिकारीहरुले प्रस्तुती दिने बताइएको छ ।
उक्त वेबिनारमा सहभागी हुन चाहनेहरुले यहाँ क्लिक गरी दर्ता गर्न सक्नेछन् ।






