लन्डन- केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा नेपालमा गाउँ नगर अधिवेशन धमाधम भइरहेकाबेला बेलायतमा पनि अधिवेशनको तयारी तीब्र पारिएको छ ।
कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतले अधिवेशनको तयारीलाई तीब्रता दिएको र निर्वाचनका लागि पूर्वसल्लाहकार डा. सम्पुर्णानन्द ढुंगानाको संयोजकतामा एक निर्वाचन समिति बनिसकेको छ ।
जनसम्पर्क समितिले आफ्नो अधिवेशनको मितिसमेत तय गरेको छ । आगामी फेब्रुअरी २१ आइतबारका दिन ग्रीन्फोर्ड स्थित सिविल इञ्जिनॆएर बारको सभा हल मा अधिवेशनको आयोजना गरिएको छ ।
समितिले अधिवेशनका लागि बेलायतस्थित नेपाली कांग्रेसका नेताहरु, जनसम्पर्क समिति बेलायतका पूर्वसल्लाहकारहरु, पूर्व तथा बर्तमान पदाधिकारीहरु, क्षेत्रीय सभापतिहरु, सम्पूर्ण क्रियाशील सदस्यहरुलाई अपिल गरेको छ ।
अधिवेशन तयारी समितिका संयोजक शान्तविनोद लामिछानेले नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा बारम्बार भएको पत्राचार, सभापति, महामन्त्री लगायत पधाधिकारीहरु , केन्द्रिय निर्बाचन समिति संयोजक ज्यु हरु संग बारम्बार भएको छलफल, नेपाली कांग्रेस पार्टी केन्द्रिय कार्यालय बाट प्राप्त पछिल्लो परिपत्र तथा बेलायतबासि ने का का क्रियाशिल सदस्यहरु संगको भेटघाट र छलफल पछि !
नेपाली जनसम्पर्क समिति बेलायतले देहाय बमोजिमको मिति , स्थान र समयमा व्यापक सहभागिताका साथ् उल्लासमय बाताबरणमा नेपालमा जसरि नै लोकतान्त्रिक पद्दती मार्फत अधिबेसन गर्ने निर्णय गरेकोले सम्पूर्ण १०४१ क्रियाशिल सदस्यज्युहरु लगायत यहाहरु सबैको सक्रिय सहभागिताको लागि पनि हार्दिक आह्व्वान सहित निर्वाचन कार्यक्रम केही दिनमै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।






