सिड्नी । तामाङ सोसाइटी अफ सिड्नी एनएसडब्ल्यूको अध्यक्षमा अविरल तामाङ चयन भएका छन् । १६ मार्च आईतबार क्यान्टबरी हल क्याम्सीमा सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा २०२५–०२७ का लागि नयाँ कार्य समिति चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षहरुमा सुवास लामा, मोबित लामा, योञ्ज लामा, महासचिवमा कुन्साङ घिसिङ, सचिवमा कमल वाईबा, कोषाध्यक्षमा रमेश तामाङ, सह–कोषाध्यक्षमा अनिल बल तामाङ लगायत चयन भएका छन् । त्यस्तै सांस्कृतिक संयोजकमा तेज लामा (समिर) र सह–संयोजकमा सविना तामाङ र युवा संयोजकमा सालु लामा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा युवराज तामाङ, इनोक लामा, सुष्मा लामा, प्रविण तामाङ, बिनोद तामाङ, टिकाराम तामाङ (सुवास), अञ्जना तामाङ, सागर तामाङ, राजेन्द्र लामा,छिरिङ्ग पाख्रिन र डिकि बम्जन चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपश्चात लण्डन नेपाल न्यूज संगको कुराकानीमा अविरल तामाङ सिड्नीमा तामाङ सोसाईटी सबै एक भएको भन्दै सबैलाई संगै वृहतर रुपमा अगाडी बढाउन सहयोग पुर्याउने बताए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । बिहान खुल्ला सत्र पश्चात बन्द सत्र सुरु भएको थियो भने तामाङ सोसाइटी अफ सिड्नीका द्वय संरक्षक गणेश तामाङ र सुन्दोर्जे तामाङको निर्वाचन समितिले एक औपचारिक कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।






