लन्डन । सन् २०१८ मार्च ४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गको समुपस्तिथितिमा लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु कुन लाभग्राहीलाई कुन क्षेत्रको कुन नम्वरको घर पर्ने हो गोलाप्रथा द्वारा निर्धारण गरिएको छ ।
संघका अध्यक्ष भवन भट्टले एक वर्ष अघि घर निर्माण सम्बन्धी समझौता गरेका लाभग्राहीहरुलाई निर्माण कार्यमा सहभागीता गराउन गोलाप्रथा मार्फत उनीहरुको घर छुट्याईएको हो भन्ने बताए । लाप्राकमा विभिन्न चरणमा निर्माण सम्पन्न गरिरहेको अध्यक्ष भट्टले जनाए ।






