गायक थानेश्वर गौतमको ‘पिउने पनि रहर छ’ गजल सार्वजनिक (भिडियो)

लण्डन – चर्चित गजल गायक थानेश्वर गौतमको ‘पिउने पनि रहर छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

श्याम रेग्मीको शब्दमा तयार भएको गीतमा गायक गौतम आफैको स्वर र संगीत सुन्न सकिन्छ ।

रोहित बस्नेतको कोरियोग्राफीमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङले गीतको भिडियोमा छमछम नाचेका छन् भने रोजल थापाले भिडियो निर्देशन गरेका हुन् ।

भिडियोमा कतै कतै गायक आफै पनि हातमा मद्यिरा बोकेर शराबी शहर बताइरहेका छन् ।

पछिल्लो समय देश तथा विदेशका कन्सर्टहरुमा भ्याई—नभ्याई गायक गौतमले दर्शक—स्रोतालाई फरक स्वाद दिने उद्येश्यले नयाँ गजल गीत लिएर आएको बताए ।