बेलायतमा ९ डिसेम्बरमा कालको प्रिमियर हुदै !

लण्डन।बेलायतमा काल सट मूभी कालको  प्रिमियर सो हुने भएको छ।आगामी डिसेम्बर ९ तारिक शनिबार  दिउसो १ बजे अल्डरसट स्थित De’lounge Restaurant and Barको सभाहलमा प्रिमियर सो हुन लागेको हो।

काल  थ्री लर मुभिको उद्घाटन एन आरएनए युके अध्यक्ष प्रेम गाहा मगरले गर्ने भएका छन् ।  डरलाग्दो सर्टमुभी ‘काल ‘ २४ मिनेटको रहेको छ ।

 प्रिमियर पछी यो सर्ट मुभी काल बेलायत तथा नेपालका विभिन्न ठाउमा प्रदर्सन गरिने भएको छ । 

काल सट  मूभी  लब स्टोरी भन्दा फरक छ डरलाग्दो फरक भएकोले मुभीमा फुल इण्टरटेन्मेण्ट हुने छ । यस मूभीका लेखन निर्माता तथा निर्देशक युबराज राईले निसुल्क  प्रिमियर सो हेर्न  सबै लाई निमन्त्राणा गरेका छन।

प्रिमियर सो हेर्नको लागि १ सय बढी जना साथी भाईको उपस्थित जनाउने पक्कापक्की भएको जानकारी दिएका छन।

मलाई लाग्छ यो डरलाग्दो ३ लर सर्ट मुभी हेर्न सोचेको भन्दा धेरै दर्शक आउनुहुनेछ निर्देसक राईले लन्डन नेपाल न्यूज लाई बताए ।

काल थ्रीलर मुभिमा कस्को के छ भूमिका