लण्डन । बेलायतमा हालसम्म १ करोड १० लाख मानिसले कोभिडविरुद्धको खोप लगाएका छन् ।
हाल प्रथामिकताका आधारमा विभिन्न नौ वटा समूहलाई खोप लगाउने काम भइरहेको छ । सरकारले आउने मे महिनाभित्र ५० बर्ष भन्दा माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम भइरहेको जनाएको छ ।
मे महिनामा बेलायतमा स्थानीय निर्वाचन हुने भनिएको छ । तर उक्त निर्वाचनलाई केही पर सारेरै भएपनि खोप लगाउने योजना रहेको जनाइएको छ । जनताको स्वास्थ्य भन्दा निर्वाचन ठूलो नहुने भएको कारण सरकारले खोप अभियानलाई तिव्रता दिएको हो ।
हाल सरकारले ७० वर्ष भन्दा माथिका वृद्धवृद्धा, अग्र पंक्तिमा काम गर्ने हेल्थ एण्ड केयर वर्कर र स्वास्थ्यका कारण कमजोर वर्गका मानिसहरुलाई खोप दिइरहेको छ ।
यूकेमा कोेरोनाको नयाँ प्रजाति देखिएसँगै संक्रमण दर तिव्र बन्द देशव्यापी लकडाउन घोषणा गरिएको छ ।






