काठमाडौं महानगर अपडेट : मेयरमा एमाले अग्रता कायमै, उपमेयरमा काँग्रेस अगाडि

काठमाडौ– काठमाडौं महानगरपालिकामा मत गणनाका क्रममा नेकपा एमाले झन्डै ९ हजार मतले अगाडि रहेको छ । एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ३१ हजार ५ सय ५५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका राजुराज जोशीले २२ हजार ४ सय २१ मत प्राप्त गरेका छन् ।

यस्तै मेयर पदमा तेश्रो स्थानमा विवेकशीलकी रञ्जु दर्शनाको १२ हजार १ सय ३३ मत रहेको छ भने चौथो स्थानमा रहेको साझा पार्टीका किशोर थापाको ९ हजार २ सय २३ मत छ । यस्तै माओवादी केन्द्रका मेयर सर्वोत्तम डंगोलको ३ हजार चारसय ५४ मत आएको छ । माओवादीका उपमेयरका उम्मेदवारको ४ हजार ५ सय ९३ मत प्राप्त भएको छ ।

उपमेयरतर्फ भने नेपाली कांग्रेस अगाडि छ । नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले २९ हजार ६५ मत ल्याएकी छिन् । एमाले राप्रपा गठबन्धनका उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठले १७७३१ मत ल्याएका छन् । काठमाडौं महानगरपालिकामा हालसम्म १३ वडाको मतगणना सम्पन्न भइसकेको छ ।

सोमबार दिँउसो ४ बजेसम्म ९६ हजार ४ सय ४१ मतगणना भएको छ ।