भक्तपुर– एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई ‘हावा न चावा’को सरकारको संज्ञा दिएका छन् ।
भक्तपुरमा स्थानीय तहमा विजयी नगर प्रमुख तथा उपप्रमुखहरुको विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कुनै काम र ठोस निर्णय गर्न नसक्ने सरकार भन्दै उनकै शव्दमा हावा न चावाको सरकार भएको टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले २०५४ सालमा एमाले सरकारमा आएपछि मात्रै नेपालमा विकासको मुल फुटेको भन्दै २० बर्षपछि स्थानीय तहमा चुनिएका एमाले जनप्रतिधिले मात्र विकासको गति बढाउन सक्ने दावी गरे ।
उनले भने‘ एमालेका जनप्रतिनिधिले भ्रष्टाचार गर्दैनन, उनीहरु धन कमउन आएका हैनन, देशको सेवा गर्न गएका हुन् ।’
आफ्नो सरकारका पालामा देश विकासको लहर चलेपछि सवै आत्तिएर सरकार ढालेको आरोप लगाएका ओलीले स्वास्थ्य, सडक, खानेपानी पुल बनाउने काम आफ्नै पालमा सुरु भएको बताए ।
‘विकासको काम नरोकिने देखेपछि विपक्षीहरु आत्तिए अनि सरकार ढाल्नतिर लागे । ’ आफ्नो पालामा स्वास्थ्य विमा कार्यक्रम सुरु भएपछि नेपालमा किड्नी र मुटु रोगि समेत घटेको ओलीको भनाइ थियो ।
एमालेकै पालमा बुढाबुढीले राहात पाएको भन्दै उनले यो हावा न चावाको सरकरले के गर्न सक्छ ? भनेर प्रश्न गरे ।






