बेलायतका गुल्मेलीको मिनी महोत्सब ७ अगष्तमा’नौमती बाजा देखि राष्ट्रिय कलाकार सम्म अरु के के हुन्छ ?

लण्डन । गुल्मी जिल्ला समाज युकेको बार्षिक भेटघाट तथा तथा विविक्यू पार्टी कार्यक्रम आउदो ७ अगष्ट आईतवारमा हुने भएको छ । फार्नबोरो स्थित सामुयल कडी स्पोर्ट कलेज फान्ब्रो पुरानो ओकर्फम स्कुलमा हुन कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।
विगत २ वर्ष कोरोना महामारीका कारण बार्षिक भेटघाट कार्यक्रम आयोजना गर्न नसकिएकाले यस वर्ष भव्य रुपमा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष बीर बलालले लन्डन नेपाल न्यूजलाइ जानकारी दिए ।हरेक वर्ष जस्तै यस वर्ष पनि कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको सागींतिक प्रस्तुती रहने बलालले बताए ।
त्यस्तै, प्रथम नौमति बाजा गुल्मी यूके समुहले पनि हरेक वर्ष जस्तै आफ्नो विशेष प्रस्तुति गर्नेछ । गुल्मेली टिपीकल झाउरे ठाडो भाका, भजन रोईला,दिदी बैनीहरूको तिजको गित लगायतका रमाईला एवम् सागींतिक र मौलिक सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको अध्यक्ष बलालको भनाई छ ।
समाजका सचिव महलाल घिमिरेले यस वर्षको वार्षिक भेटघाट कार्यक्रम गुल्मी झल्काउने गरी गुल्मेली मिनी महोत्सवको रूपमा मनाउन लागिएको बताए। उक्त कार्यक्रममा  बीबीक्यू ,स्वादिलो खाना, डिजे, र सुन्दर नाँचहरुको बेजोड,राफल ड्र पनि गराइने समिश्रण रहने भएकोले विशेष मनोरञ्जनात्मक हुने बताए ।
समाजका अध्यक्ष बीर बलालले बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भइदिन समाजको तर्फबाट आव्हान गरेका छन् ।