काठमाडौं– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले सोमबार विधानबमोजित ८ जनालाई पदाधिकारी र अरु दुई जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
जसअनुसार ५ नेताहरु तारानाथ लुईँटेल, ऋषिबाबु परियार, बृजलाल यादव, मीनबहादुर कुँवर र अधिवक्ता विष्णु भट्टराईलाई उपाध्यक्ष बनाइएको छ । यस्तै श्याम तिमल्सिना र भरतजंग उप्रतीलाई महामन्त्रीमा मनोनयन गरिएको छ भने सहप्रवक्तामा प्रकाशचन्द्र सुवेदी रहेका छन् ।
यस्तै उज्ज्वल पोख्रेल र श्याम लामालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको लोहनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
गत चैत १६ गते लोहनीले आफ्नै अध्यक्षतामा ७१ सदस्सीय एराप्रपा राष्ट्रवादी घोषणा गरेका थिए भने सो पार्टीको वरिष्ठ नेतामा केशर बहादुर विष्ट रहेका थिए ।
एकीकृत राप्रपा (राष्ट्रवादी) : लोहनीद्वारा पदाधिकारी मनोनयन (नामावलीसहित)







