काठमाडौं- ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन् ।
मेयरमा रामेश्वर श्रेष्ठ र उपमेयरमा निर्मला थापा निर्वाचित भए । श्रेष्ठले कांग्रेसका महेश खड्कालाई ९५९ मतले पराजित गरे । श्रेष्ठले ७७६४ मत पाए भने खड्काले ६८०५ मत पाए । माओवादी केन्द्रका शिव कट्टेल ४३०० मतसहित तेस्रो स्थानमा रहे ।
उमेयरमा थापाले ८६३६ मत पाउँदा कांग्रेसकी लक्ष्मी श्रेष्ठले ६३०२ मत पाइन् भने माओवादी केन्द्रकी लक्ष्मीसिंह महर्जनले ४१८८ मत पाइन् ।
एमालेले महालक्ष्मीका १० मध्ये ६ र १० बाहेक सवै वडा जित्यो । ६ मा कांग्रेस र १० मा माओवादी केन्द्र विजयी भएको छ ।
२०१८ साल असार १ गते ललितपुरको टिकाथलीमा जन्मिएका श्रेष्ठ यसअघि अनेरास्ववियु काठमाडौं र ललितपुरको अध्यक्ष भएका थिए । हाल ललितपुर जिल्ला कमिटीका सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले एमबीएसम्म अध्ययन गरेका छन् ।
श्रेष्ठ नेपाल औषधि व्यवसायी संघ बागमतीका पूर्वअध्यक्ष एवं वर्तमान केन्द्रीय सदस्य हुन् ।
५ वटा स्थानीय तह रहेको ललितपुरमा एमालेले यसअघि महाकांल गाउँपालिकामा जितेको थियो भने कोन्ज्योसोममा माओवादी केन्द्र, गोदावारी र वाग्मतीमा कांग्रेस विजयी भएको थियो । ललितपुर महानगरपालिकामा भने एमालेलाई करिव १५ सय मतले कांग्रेसले पछि पार्दै आएको छ ।






