लन्डन– बेलायतवासी नेपालीहरुमा लोकप्रिय मानिएको गोर्खा कप फुटवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । आइतवार अल्डरसटस्थित क्वीगन्सख एभिन्यूहजमा हुने खेलमा यस पटक पनि ४० फुटबल टिमबीच प्रतिस्पपर्धा हुने तमुधिं यूकेले जनाएको छ ।
मे २८ मा हुने गोर्खा कप २०१७ फुटवल प्रतियोगिताको तमुधिं हाउस, मिचममा आइतबार पत्रकार सम्मेलन गर्दै गर्दै तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले खेल गत वर्ष भन्दा निकै व्यवस्थित र भव्य हुने जनाकारी दिए । तमुधिं यूकेले वार्षिक रुपमा आयोजना गर्ने गोर्खा कपको यो १५ औं संस्करण हो। 
चालीस वर्ष उमेर मुनिका ३२ टिम र चालीस वर्ष उमेर माथिका ८ टिम रहने खेल संयोजक पिलाम्वर गुरुङले जानकारी दिए । खेलमा करिब ४९ हजार पाउण्ड खर्चको अनुमान गरिएको छ । कार्यक्रम खेलका अतिरिक्त नेपाली कला र संस्कृती झल्कउने झाँकीहरुको समेत प्रस्तुति रहने बताइएको छ । खेलमा दश हजारभन्दा बढी दर्शकले हेर्ने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ वरिष्ठ उपाध्यक्ष नन्दजंङ गुरुङ, संयोजक पिलाम्वर गुरुङ, कुमार गुरुङ, डमर घले लगायतले दिएका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङ, तमुधिं यूकेका संस्थापक तथा पूर्वअध्यक्षहरुको उपस्थिती थियो ।कार्यक्रमको सञ्चालन महासचिव कृष्ण गुरुङले गरेका थिए ।
यसै बीच बेल्जियम र हङकङ पनि सहभागी हुने उक्त ऐतिहासिक गोर्खा कप सफल बनाउन सम्पूर्ण बेलायत बासि नेपाली माहानुभाबमा बिशेष उपस्थिति का लागि तमु धि लण्डन इकाईका अध्यक्ष दिपक गुरुङ (डेबिड) समेतले अनुरोध गरेका छन्।







