लण्डनमा परराष्ट्रमन्त्री साउदलाई ब्रिटिस गोर्खा (सीएनसीबीजी)ले बुझायो पत्र, के छ पत्रमा ?

लन्डन । लण्डनमा परराष्ट्रमन्त्री साउदसँग नागरिक निरन्तरता अभियानका अभियन्ताहरुले नेपालका परराष्ट्रमन्त्री माननीय एनपी साउद लाई गोर्खा र उनीहरुको सन्ततिको निम्ति वंशजको नेपाली नागरिकताको निरन्तरता रहनुपर्छ भन्दै एक ज्ञापन पत्र बुझाएका छन् ।

बेलायतको राजा चार्ल्स तृतीयको शुभराज्याभिषेक समारोहमा अतिथिको रुपमा बेलायत भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउदसँग नेपाली नागरिकता निरन्तरता अभियानका अभियन्ताहरुले लण्डनमा दुताबासमा एक कार्यक्रमका बीच आफ्ना समस्या राक्दै पत्र बुझाएका हुन् ।

गत ८ मे २०२३ सोमबारको दिन ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)अध्यक्ष थर्क राना र महासचिव भक्त रानाले भेट गरेका हुन् ।

मन्त्रीसँगको भेटमा अध्यक्ष रानाले २०७ बर्षदेख निरन्तर नेपाल र बेलायतको मित्रताको मुख्य कडिको रुपमा रहेको गोर्खा र उनीहरुको सन्ततिको निम्ति वंशजको नेपाली नागरिकताको निरन्तरता रहनुपर्छ भन्दै त्यसको लागि मन्त्रीले विशेष भूमिका खेलिदिनुहुन अनुरोध गरे ।
जवाफमा मन्त्री साउदले गोर्खाहरुले खेलेको भूमिकालाई बिर्सन नसक्ने भन्दै यस्तो जायज मागको आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तो छ पत्रमा