विहानै दुईवटा धक्का

काठमाडौं, १७ आषाढ । भूकम्पको पराकम्पन आउने क्रम अझै रोकिएको छैन । बिहीबार बिहान मात्रै दुई वटा पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ । बिहीबार बिहान ५ बजेर २६ मिनेटमा काभ्रे केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन गएको छ । त्यस्तै बिहान ७ बजेर ४१ मिनेट जांदा पनि सिन्धुपाल्चोक केन्द्र बनाएर ५ म्याग्निच्यूडको पराकम्पन गएको छ । बुधबार मात्रै चार माथिका तीन वटा पराकम्पन गएको थियो । वैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडमाथिका ३ सय ४० ओटा पराकम्पन मापन भइसकेका छन् ।