सल्यानमा बस दुर्घटनाः १२ जनाको मृत्यु, तीन जनाको पहिचान

दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

मृतककाे विवरण

१)सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा-२ बस्ने २९ बर्षका तिलक ओली

२) दाङ जिल्ला घोराही उपमहानगरकाे नारायनपुर बस्ने ६५ बर्षकी ईन्द्रा अधिकारी

३) दाङ जिल्ला बबई गाउँपालिका-६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी

मृतक भएका १२ जना मध्य १० महिला २ पुरुष रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य नाै जनाकाे भने परिचय खुल्न बाँकी रहेकाे छ ।