लन्डन- आगामी अगष्ट २५ तारिख शुक्रबार साँझ ७ बजे साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा नेपाल बाट आएका राष्ट्रिय कलाकार जमुना राना र कुमार पुनले तिज,दोहोरि धमाकामा नचाउने भएका छन् । उक्त तिज साझमा स्थानीय चर्चित गायिका सुजाता काफ्लेले पनि आफ्नो प्रस्तुति दिने भएकी छन् ।
यसै बीच विभिन्न नेपाली परिकार पाक्ने र सभा सेमिनार पार्टी हल समेत रहेको राम्रो सेवाका कारण नेपालीहरुको मन जित्दै आएको गोल्डेनसिपमा दोहोरि हेर्न र नाच्न ५ टेबुल बुक भइसकेको र अध्यधिक दर्शकको अपेक्षा गरिएको आयोजक देव गुरुङले जानकारी दिए ।
नेपाली खानाको राम्रो सेट मेनु रहेको बताउदै सुक्रबारको रमाइलो माहोलमा उपस्थित भएर पूर्ण मनोरन्जन लिन समेत गुरुङले अनुरोध गरेका छन् ।






