अछाम र बझाङमा झडप, दाङमा प्रहरीले बम नै समात्दा…

अछाम– अछाम र बझाङमा एकएक मतदान केन्द्रमा कांग्रेस एमालेबीच झडप भएपछि ति मतदान केन्द्रमा मतदा स्थगित भएको छ ।

अछामको मेल्लेख गाउँपालिका ६ स्थित शोडषा मतदान केन्द्रमा एमाले र कांग्रेस–माओवादी गठबन्धनका बीच झडप भएको हो ।

झडपमा कांग्रेसका वडा सभापति गम्भीर बोहोरा र माओवादी केन्द्रका कार्यक्रता ध्वजबहादुर बाहोरा घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर समेत गरेको छ । मतदान सुचारु गर्ने भन्ने विषयमा छलफल गर्न सर्वपक्षीय बैठक बसिरहेको छ । मतदान रोकिँदासम्ममा २०१० मध्ये १२९८ मत खसेको बताइएको छ ।
त्यस्तै बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को पाण्डु उच्च मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएको छ । झडपमा कांग्रेस उम्मेदवार प्रेम खड्का घाइते भएका छन् ।

यस्तै अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

यता, दाङमा अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम प्रहरी हवल्दारले भूँइमा नखस्दै समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएका छन् । प्रहरी हवल्दार गोरेबहादुर रानाले दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथमा फाल्दा फाल्दैको बम बाहिर फालेका छन् ।