एसिड प्रकरणले रोकिएको रोल्पाको मतदान पुनः सुरु

रोल्पा– रोल्पाको भनभने मतदान केन्द्रमा मतपेटिकामा एसिड राखेको पाइएपछि स्थगित मतदान पुन सुरु भएको छ ।
रोल्पा नगरपालिका १० स्थित मतदानकेन्द्रको ‘ख’ बुथको एक मतपेटिकामा एकजना मतदाताले एसिड खसालेपछि धुवा बाहिर आएको थियो ।
धुवा आएलगत्तै मतदान प्रकृया स्थगित गरिएको थियो । घटनापछि निर्वाचन कर्मचारी र दलका प्रतिनिधिबीचको सहमतिमा सो मतदान केन्द्रमा करिव तीन घण्टापछि पुन मतदान सुरु भएको जिल्ला प्रहरी कार्यलय रोल्पाका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनका अनुसार एसिड राख्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।