बेलायतमा पहिलो पटक नेपाली फिल्म अवार्ड हुँदै

लन्डन– बेलायतमा पहिलो पटक नेपाली फिल्म अवार्ड हुने भएको छ ।

नेपाल फिल्म क्षेत्रको विस्तार र विकासको लागि बेलायतमा पहिलो पटक ‘नेपाली फिल्म अवार्ड २०१७’ आयोजना गरिएको थर्ड आई बेलायतका संयोजक विकास देवकोटाले जानकारी दिए । थर्ड आईको आयोजनामा जुलाई ८ गते शनिबार हुने फिल्म अवार्डमा नेपाली फिल्म क्षेत्रका विविध विधामा अवार्ड दिने कार्यक्रम छ ।

युरोपमा सबैभन्दा धेरै नेपाली बसोबास गर्ने युकेलाई आधार बनाई नेपाली फिल्मी क्षेत्रको देश भन्दा बाहिर पनि प्रचार-प्रसार, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले फिल्म अवार्ड आयोजना गर्न लागिएको देवकोटाले जानकारी दिए । यो फिल्म अवार्ड कार्यक्रममा नेपाली कला, संगीत र फिल्म क्षेत्रमा विगतमा उच्च योगदान गरेका र वर्तमान उत्कृष्ट कलाकार,संगीतकार, गायककार गरि करिब पचास जनाभन्दा बढी कलाकारहरुलाई आउँदो जुलाईमा निम्त्याइएको छ ।

ुनेपाली फिल्म क्षेत्रमा लामो समयदेखि योगदान गर्ने व्यक्तित्वहरु लगायतउत्कृष्ट फिल्म, नायक, नायिका, निर्देशक, संगीतकार,गायककार लगायतफिल्मी क्षेत्रका महत्वपुर्ण विधामा अवार्ड वितरण गर्ने गरि एक ऐतिहासिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । ‘यस कार्यक्रममा उत्कृष्ट गीत,संगीत, डान्स, गीतकार, संगीतकारको मनोनयन र छनौटप्रक्रियाको काम लन्डनमा रहेको टीमबाट हुनेछ भने अन्य विधाहरुमा मनोनयनर छनौटका कार्यहरु नेपालबाट गरिने कुरा सबैमा अवगत गराउन चाहान्छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘यस कार्यक्रमलाई भव्यरुपमा सफल पार्न बेलायतस्थित सम्पूर्ण व्यवसायी, सामाजिक संस्था, बुद्धिजीवि, पत्रकार लगायत नेपाली कला, संगीत र फिल्मीक्षेत्रलाई माया गर्ने सबै महानुभावलाई ‘थर्ड आई’ टीम हार्दिक अनुरोध गर्दछ।’