एनबिसी यूकेको सी साइड ट्रिप बन्यो उल्लासमय-

लण्डन । नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी ) यूकेले सी साइड ट्रिप उल्लेख्य सहभागिताका साथ सम्पन्न भएको छ । बेलायतमा रहेका नेपालीहरुको जमघट गराई पारिवारिक वातावरणमा मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले कुम्युनिटीले बिगत १२ वर्ष देखि प्रत्येक वर्ष सी साईट ट्रिप गर्दै आईरहेको छ ।

यस वर्ष जुलाई १६ शनिवारका दिन वेष्ट लण्डनको साउथ ह्यारोबाट सी साईटका लागि ६ वटा कोच छुटेका थिए । बोर्र्नमाउथ नजिकैको साउथ बोर्नको समुन्द्रमा ३५० जना सदस्य तथा शुभेच्छुकहरूको सहभागीतामा यात्रा गरिएको आयोजक एनबिसी-यूकेका अध्यक्ष राजेन्द्र ओझाले बताए ।

लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै कम्युनिटीका कोअर्डिनेटर राजेन्द्र ओझाले एनबिसी-युके परिवारले स्थानिय नेपालीहरुको जमघट गराउने, एकआपसमा भावना साटासाट गर्ने, पारिवारिक भ्रमण तथा पिकनिक शैलीमा आयोजना गरिएको कार्यक्रमले बेलायतमा जन्मेका नेपाली बालबालिकाहरुलाई नेपाली कला संस्कृतिबारे समेत जानकारी गराउने उद्धेश्य रहेको बताए ।

सी साइड ट्रिपमा कोचमा यात्राका क्रममा समेत विभिन्न मनोरञ्जन कार्यक्रमहरु नाचगान, मुक्तक, चुटकिला, कविता, तथा अन्य कार्यक्रमहरुका साथसाथै समुद्री किनारमा पनि नाचगान सहित खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रमहरु गरिएको थियो । कार्यक्रममा हटबल गेम ,स्पोन एण्ड एग,भाले जुधाई खेल लगायत लक्की ड्र मार्फत ३ जना भाग्यमानी सहभागीलाई पुरस्कार समेत वितरण गरिएको थियो । ट्रिपमा सहभागीहरुले यस्तो कार्यक्रमले मनोरञ्जनसगैं नेपाली समुदायबीच सदभाव र एकता कायम गर्न समेत सहयोगी बनेको बताएका थिए । उनीहरुले आयोजक नेप्लिज ब्रिटिश कम्युनिटी प्रति आभार समेत व्यक्त गरे । राजेन्द्र ओझाको कोओर्डिनेसनमा सम्पन्न सो कार्यक्रममा कोच लिडरहरूको भुमिका संस्थाका कार्यकारी सदस्यहरू, रबिन्द्र अधिकारी, किरण अधिकारी, समिरनाथ प्याकुर्याल, बसन्त नेपाल, चुडामणी रेग्मी र सुमन गुरुङ गरेका थिए ।

कार्यक्रमका संयोजक तथा कोच लिडरहरु तथा सम्पूर्ण सहयोगी कार्यसमितिका सदस्यहरू र सलाहकारहरूलाई संस्थाको तर्फबाट पूर्व अध्यक्षहरू कमल पौडेल, कमल राज खनाल तथा मिलन घिमिरेले धन्यवाद ज्ञापन गरेको संस्थाका सचिव रबिन्द्र अधिकारीले बताए ।

यो रोमान्चक समुद्री यात्राको कार्यक्रमलाई एक बिशेष र सफल बनाउन एनबिसी- यूकेका पूर्व अध्यक्षहरू कमल राज खनाल तथा मिलन घिमिरेका साथै सल्लाहकारहरू हरीभक्त नेउपाने, डा. श्याम चन्द, महेश दाहाल, शिशिर आर्याल, राज कुमार त्रिपाठी अनि संस्थाका पदाधिकारीहरू- खेमराज जोशी, लेखनाथ घिमिरे, भगवती रानाभाट,मुना पौडेल,अंजु रेग्मी सिग्देल, रिशी खनाल, कुल सिग्देल, प्रभु नेउपाने, दामोदर आचार्य र भान बहादुर चन्दका साथै प्रायोजक र सदस्यहरूप्रति अध्यक्ष राजेन्द्र ओझाले आभार प्रकट गरेका छन् ।

सी साइड ट्रिपमा पुगेका उनीहरुले आयोजक नेप्लिज ब्रिटिश कम्युनिटी प्रति प्रति आभार प्रकट गरे ।यसै गरी सस्था एन बि सि युकेले सबैबाट सक्रिय सहयोग साथ र समर्थनको विश्वासले सी साइड टूर सफल भएको बताएको छ