लण्डन । नेकपा एमाले समर्थित प्रवासी नेपाली मञ्च युके साउथ ईष्टको अध्यक्षमा अर्काराज तिमिल्सिना निर्वाचित भएका छन् । मञ्चकोे पाँचौ अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ३ वर्षको लागि ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा राम माया विष्ट,सचिवमा पकंज बजागाईँ,उपसचिवमा राधा खरेल,कोषाध्यक्षमा राजेन्द्र लम्साल र सहकोषाध्यक्षमा जिविका नहर्की तथा सदस्यहरुमा रुकु पाण्डे,अमृत केसी,गीता ईटनी सेडाई,कमल काफ्ले लगायत रहेका छन् ।
अध्यक्ष पदमा निर्वाचित भएपश्चात लण्डन नेपाल न्यूजका सम्पादक शिव भण्डारीसगं कुराकानी गर्दै तिमिल्सिनाले समृद्ध नेपाल खुसी नेपालीको नारालाई सार्थक बनाउने गरी काम गर्ने बताए । उनले सगंठनको सदस्यता वृद्धि गर्ने, र नेपालको मूल प्रवाहको राजनीतिमा रहेको नेकपा एमालेको नीति नियम र सिद्धान्तमा रहेर प्रवासी नेपालीहरु तथा नेपाल र नेपालीको हीतका लागि काम गर्ने बताए ।
झापा जिल्लाको तेह्रथुममा जन्मेका उनी दमकमा आफ्नो बाल्यकाल बिताएका हुन् । हाल काठमाण्डौको बुढानिलकण्ठ स्थायी घर भएका तिमल्सिना सन् २००७ सालमा उनी सपरिवार सहित बेलायत आएका हुन् ।
विद्यार्थी कालबाटै राजनीतिमा सक्रिय उनी विद्यार्थी राजनैतिमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव भएर समेत काम गरेका थिए भने नेकपा एमाले समर्थित विभिन्न भातृ संस्थाहरुमा सक्रिय भएर काम गरेका थिए ।
अध्ययनलाई पुरा गरेपश्चात अध्यापन सुरु गर्दै गर्दा उनी शिक्षक सगंठनको अध्यक्ष भएर समेत काम गरेका थिए । उनी बेलायतमा आएलगत्तै प्रवासी नेपाली मञ्चमा आबद्ध भएका थिए । राजनीतिक कर्मसगैं परोपकारी कार्यमा समेत सक्रिय उनी झापाली समाज युकेको अध्यक्ष, झापाली समाज अन्तरराष्ट्रिय कार्यसिितको कार्यसदस्य, आरजिएसको फाउण्डिगं मेम्बर लगायतका थुप्रै सघंसंस्थामा आबद्ध छन् ।
एनआरएनएका विभिन्न नेतृत्व तहमा रहेर काम गरेको अनुभव सगांलेका तिमिल्सिना साउथ ईष्ट रिजनल कम्युनिटीको अध्यक्ष पदमा निर्वाचित हुँदा खुसी लागेको बताए ।






