रेडिङको मेक्का हट रेष्टुरेंटमा गृह अद्यागमन अधिकृतहरूद्वारा छापा

immigration

जेनी भट्टराई,

लण्डन |

लण्डनस्थित रेडिङको अर्ली रोडमा अवस्थित मेक्का हट रेष्टुरेंटमा गैरकानुनी रूपमा काम गरिरहेको अवस्थामा भेटिएपछि सरकारी अधिकारीहरूद्वारा तीन जना मानिसहरूलाई हिरासतमा लिइएको छ।

२१ र ४२ वर्षका दुई जना पाकिस्तानी र २२ वर्षीय अफगानी नागरिकहरूलाई सिमेट्री जङ्क्सन नजिकैकोअर्ली रोडमा अवस्थित मेक्का हट टेकअवे (रेष्टुरेंट )मा गृह अद्यागमन अधिकृतहरूले पक्रेका थिए।

उनीहरूलाई अधिकृतहरूले बिहिबार, मे २८ को दिन साँझ ५:२० को समयमा गैरकानुनी रूपमा काम गरिरहेको भेटेका हुन्।

अधिकृतहरू आइपुग्दा २१ वर्षीय मानिस भाग्न खोजेका थिए तर तिनलाई नियन्त्रणमा लिइएको थियो र उनलाई यस देशबाट आफ्नो देशमा नपठाएसम्मको लागि हिरासतमा राखिएको छ।

अन्य दुई जनालाई उनीहरूको आफ्नो देशमा पठाउन विभिन्न प्रक्रियाहरू पूरा गर्ने बेलासम्म अस्थायी रूपमा छोडिएको छ। यस अवधिमा उनीहरूले गृह कार्यालयमा नियमित रूपमा हाजिर हुनुपर्नेछ।

मेक्का हटलाई राहदानी वा गृह मन्त्रालयको कागजात जस्ता उपयुक्त किसिमको रोजगार-पूर्व चेकजाँच गरेको प्रमाण जुटाउन नसकेको खण्डमा प्रत्येक गैरकानुनी कामदार बराबर £२०,००० सम्म जरिवाना लाग्न सक्ने चेतावनीमूलक सूचना जारी गरिएको छ।

यसको अर्थ, यसले £४०,००० सम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ किनभने २२ वर्षीय व्यक्तिको नाम दर्ज भएन । छापा मारेको समयमा सो व्यक्ति त्यही ठाउँमा काम गरिरहेको भन्ने पर्याप्त प्रमाण थिएन।