दल दर्ता गराएर राजपा नेताहरु बालुवाटार पुगे

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराए लगत्तै बालुवाटार पुगेका छन् ।

निर्वाचन आयोगमा दल दर्ता गराएर उतैबाट राजपा नेपालका पाँचजना अध्यक्ष प्रधानमन्त्री निवास छिरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेताहरुलाई शुक्रबार वार्ताका लागि बोलाएका थिए ।

अब हुने तेस्रो चरणको चुनावमा भाग लिने कि नलिने तथा मागहरुको विषयमा के गर्ने लगायतका विषयमा छलफल गर्नका लागि राजपा नेपालका नेताहरु बालुवाटार छिरेका हुन् ।