काठमाडौं, १६ कात्तिक । वीरगञ्जमा भारतीय नागरिक मारिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेका छन् ।
सोमबार साँझ एमाले पार्टी कार्यालय धुम्बाराहीमा एमाले स्थायी कमिटीको बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीलाई मोदीले फोन गरेको एमालेका एक नेताले बताए । फोनमा ओली र मोदीबीच करिब २५ मिनेट कुराकानी भएको छ ।
फोनवार्तामा मोदीले वीरगञ्ज घटनाबारे चासो र चिन्ता व्यक्त गरेका छन् । प्रहरीको गोली लागेर आफ्ना देशको नागरिकको मृत्युप्रति भत्सर्ना गर्दै मोदीले छानविन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरेको ती नेताले बताए ।
उनले नेपालका लागि पेट्रोलियम पदार्य लगायतका बस्तुमा कुनै भारतीय पक्षबाट अवरोध नभएको समेत उल्लेख गरेका छन् । ‘भारतबाट पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामाग्री आयातमा अवरोध नहुने तर आन्तरिक समस्या समाधान गर्नुपर्छ ।’ मोदीले भनेका छन् ।
वीरगञ्ज घटनालाई लिएर प्रधानमन्त्री ओलीलाई मोदीको फोन, घटनाको छानविन गर्न आग्रह






