काठमाडौं, १६ कात्तिक । सोमबार वीरगञ्जमा भएको घटनापछि भारतले नेपाललाई अर्काे चेतावनी दिएको छ ।
भारतीय विदेश मन्त्रालयले सोमबार साँझ वक्तव्य जारी गर्दै घुमाउरो भाषामा आन्दोलनमा बल प्रयोग नगर्न चेतावनी दिएको हो । उसले वीरगञ्जमा मारिएका भारतीय ‘निर्दाेष’ रहेको दाबी समेत गरेको छ ।
नेपालको समस्या राजनीतिक प्रकृतिको भन्दै बल प्रयोग नगर्न घुमाउरो भाषामा चेतावनी दिएको हो । बक्तब्य जारी गरेर भारतले नेपालमा नाकाबन्दी अझै कडा पर्ने चेतावनी समेत दिएको छ । सोमबार वीरगञ्जमा भएको झडपमा प्रहरीको गोली लागेर भारतीय नागरिक आशिषकुमार राम मारिएका थिए ।
आन्दोलनमा बल प्रयोग नगर्न भारतको चेतावनी, वीरगञ्जमा मारिएका भारतीय ‘निर्दोष’






