गुल्मी जिल्ला समाज यूकेको बैठक सम्पन्न डिसेम्बर ६ मा च्यारिटी डिनर सूर्य थापालाई औपचारिक विदाइ

लन्डन । गुल्ली जिल्ला समाज यूकेले विश्व अपांग दिवसका अवसरमा च्यारिटी डिनर गर्ने भएको छ ।c1

समाजका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा गोर्खाज् रेष्टुरेन्ट, सिन्डममा आइतबार १ नोभेम्बरमा सम्पन्न बैठकले आगामी डिसेम्बर ६, आइतबार च्यारिटी गर्ने निर्णय गरेको हो । कार्यक्रम LIVESEY Memorial Hall, सिन्डममा गर्ने तय भएको छ ।c2

बैठकले च्यारिटी सफल बनाउन समाजका सल्लाहकार बालजंग अर्याललाई संयोजक तोकेको छ । नेपालका असहाय तथा अनाथको सहयोगार्थ हुने उक्त च्यारिटीमा डिनरसहित सांस्कृतिक कार्यक्रम हुनेछ । समाजले च्यारिटी डिनरमा सहभागी भएर सहयोग गरिदिन बेलायतवासी सबैमा अनुरोध गरेको छ ।

महासचिव राम गलामीले सञ्चालन गरेको बैठकमा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, सल्लाहकारहरु, पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।c3

उक्त अवसरमा आफ्नो चार वर्षे कार्यकाल सकेर छिट्टै नेपाल फर्कन लागेका गुल्मीवासी नेपाली दूतावासका थर्ड सेक्रेटरी सूर्य थापालाई समाजले औपचारिक विदाइ गरेको छ । समाजका सचिव शिव भण्डारीले सञ्चालन गरेको विदाइ कार्यक्रममा अध्यक्ष अर्जुन गौतम, महासचिव राम गलामी लगायत पदाधिकारीले थापालाई पुष्पगच्छा र खादा लगाएर विदाइ गरेका थिए ।