लन्डन- बेलायती महारानी एलिजावेथ द्वितिय ९० वर्ष प्रवेश गरेकी छन् । महारानी एलिजावेथको जन्मोत्सवका अवसरमा हजारौं शुभचिन्तक सडकमा उत्रिएर शुभकामना दिएका छन् ।
बेलायतमा शाही परिवार र रानीलाई विशेष सम्मान र श्रद्धा गर्ने गरिन्छ ।
महारानी एलिजावेथले जन्मोत्सवलाई भने खासै चासो दिने नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले ६४ वर्षदेखि बेलायतको शाही नेतृत्व गरेकी छन् ।
एलिजावेथले पती फिलिपिसँग दरबारमै सामान्य तवरले जन्मोत्सव मनाएकी छन् । तर, उनको सम्मानमा देशभर खुसियालीपूर्वक जन्मोत्सव मनाइन्छ । बेलायती सेनाले भने जन्मोत्सवमा सलामी अर्पण गरेको छ ।
महारानीको जन्मोत्सवमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलगायतले शुभकामना सन्देश दिएका छन् ।






