एनआरएनए भित्र बनेको यस्तो सहमतीले अन्तत विवाद समाधानको बाटोमा अगाडी

लण्डन । लामो समयदेखि अधिवेशनकालागि लिएर गैर आवासीय नेपाली सघं (एनआरएनए) भित्र देखिएको विवाद टरेको छ ।

मगंलबार सघंका अध्यक्ष कुमार पन्त र पूर्व अध्यक्षबीच आसन्न महाधिवेशनमा बहुअध्यक्षको प्रस्ताव लैजाने सहमतीपछि अन्तत विवाद समाधानको बाटोमा अगाडी बढेको हो । असुन्तष्ट पक्षलाई सहमतिमा ल्याउनका लागि संस्थापन पक्षले महाधिवेशनमा बहुअध्यक्षको प्रस्ताव लैजाने तयारी गरेको छ ।

अध्यक्षका तीनैजना प्रत्याशीबीच भएको सहमतिअनुसार तीनजना नै अध्यक्ष रहने गरी विधान संशोधन गर्न महाधिवेशनमा प्रस्ताव लैजाने तयारी भईरहेको छ । त्यस्तै शेष घलेले काठमाडौंस्थित होटेल याक एन्ड यतीमा आयोजना गरेको भेलालाई महाधिवेशनको मान्यता दिने गरी उनीहरुबीच सहमती भएको छ ।

आइसिसीको गत मार्च २ मा सम्पन्न भएको ८२ औँ बैठकको निणर्यलाई पुनर्मूल्यांकन गरी संरक्षक समिति र उच्चस्तरीय समितिलाई फेरि ब्युँताइने र वर्तमान विधान तथा निर्वाचन समितिलाई समायोजन गर्ने र महाधिवेशनको पहिलो सत्रबाट सहमतिका आधारमा विधान संशोधन गरिने भएको छ ।

बहुअध्यक्षको प्रस्तावको विषयले समस्या टरेपनि के गर्ने भन्ने निणर्य महाधिवेशनले नै गर्ने संघका अध्यक्ष कुमार पन्तले बताए । महाधिवेनले जे निणर्य गर्छ त्यही नै मान्य हुने भएकाले अहिलेको सहमतीले त्यति ठुलो अर्थ नराख्ने उनको प्रतिक्रिया छ ।

मंगलबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष एवं अध्यक्षका प्रत्याशी डा. बद्री केसीले एनआरएनएले आयोजना गरेका बाहेक अन्य गतिविधिको अन्त्य हुने बताए ।

त्यस्तै, अध्यक्षका अर्का प्रत्याशी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउन सबैजना लागेको बताए । राष्ट्रिय सहमतिको निर्वाचनका लागि यसअघि भएका सबै कामहरू स्थगित भएको उनको भनाई थियो । अर्की प्रत्याशी रबिना थापाले भने सहमति, सहकार्य र एकताका साथ सबै मिलेर अगाडि बढ्नुपर्ने बताइन्  ।

सघंको महाधिवेशन बिहीबार र शुक्रबार हुनेछ ।