लन्डन पुस्तक महोत्सवमा नेपाल पुरस्कृत

london book festival 2016काठमाडौँ- नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकको समस्या समाधान गर्न सबैले देश र जनतालाई प्राथमिकतामा राखेर जिम्मेवार भई भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

‘अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल’ नामक संस्थाले प्राप्त गरेको अन्तर्राष्ट्रिय पुरस्कारका विषयमा जानकारी दिन आयोजित अन्तक्र्रियामा उहाँले मुलुकमा अहिले प्रधानमन्त्री को हुने भनी बहस गर्नुभन्दा पनि भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गरी सबैको सहकार्यबाट मुलुकको समस्या हल गर्नुपर्ने बताउनुभयो ।

नेता नेपालले संविधानले अपाङ्गता भएकाहरुलाई विशेष पहिचान दिएको र अब यसको कार्यान्वयनमा लाग्नुपर्ने बताउँदै अपाङ्गता भएकाले राज्यले पाउनुपर्ने सुविधाबाट वञ्चित हुन नहुने र उनीहरुलाई कसैले पनि उपेक्षा गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष वीरेन्द्रराज पोखरेलले डिजिटल श्रव्य पुस्तक र ट्याब्लेट प्रयोगबाट शैक्षिक क्रियाकलाप अगाडि बढाइरहेको जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिको प्रगति मुलुकको गौरव भएको बताउनुभयो ।

लन्डन पुस्तक महोत्सवमा पहुँचयुक्त परिसङ्घ विशिष्ट अन्तर्राष्ट्रिय पुरस्कार र अस्ट्रियाको भियनामा ‘समावेशी शिक्षा र नवीनतम सूचना प्रविधिको प्रयोगबारे सिर्जनशील अभ्यास’ विधामा पोखरेलले पुरस्कार प्राप्त गर्नुभएको छ ।

पोखरेलको विद्यावारिधि उपाधिका लागि शोध सहनिर्देशक प्रा डा मङ्गलादेवी श्रेष्ठले आफ्ना विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकामा आफू गौरवान्वित भएको बताउनुभयो ।