एमालेले ७ नं प्रदेशबारे निर्णय गरेको छैन : रावल

Bhim Rawalडडेल्धुरा- नेकपा (एमाले)को अमरगढी नगर समितिको नगर अधिवेशनको उद्‍घाटन गर्नेक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावलले नेकपा (एमाले)ले ७ नं प्रदेशका बारेमा कुनै निर्णय नगरेको बताउनु भएको छ ।

बिहीबार बेलुका नगर अधिवेशन उदघाट्न गर्न आउनुभएका मन्त्री रावलले सात प्रदेशको राजधानीका बारेमा विपक्षीले प्रचारबाजी मात्र गरेको आरोप लगाउनु भएको छ ।

७ नं प्रदेश प्राकृतिक र भौतिक रुपले आकर्षक भएको र आमसमुदायबीचमा पनि भाइचाराको सम्बन्ध रहेकाले यो प्रदेशका बारेमा निर्णय गर्ने अधिकार यहीँका जनतामा रहेको कुरा पनि मन्त्री रावलले दावी गर्नुभएको छ ।