काठमाडौं– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रधानमन्त्रीमाथि कठोर टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्ड छिट्टै देशद्रोही सावित हुने बताएका छन् ।
रफत सञ्चार क्लबले सोमबार गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिजुक्छेंले माओबादी नेताले भारतको कठपुतलीको काम गरेको आरोप लगाउँदै भारतले आफ्नो आवश्यकता पुरा गरिसकेकाले अव प्रचण्डलाई रुखको बोक्रा फाले सरी फाल्ने बताए ।
प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरका रुपमा अघि सारेको उनको भनाई छ । केही महिनाभित्रै सत्ताको नयाँ समिकरण देखिने उनले दावी गरे ।
संबिधान संसोधनमा गलत माग सम्बोधन भए नेपाली नागरिक नै अल्पमतमा पर्ने उनको भनाई थियो ।






