काठमाडौं– ब्रिक्स र बिमस्टेक आउट रिच सम्मेलनमा सहभागी हुन भारत गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् ।
प्रधानमन्त्री अपरान्ह ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ । सम्मेलन आइतबार नै सकिएको छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको बैठकमा प्रचण्ड सहभागी भएका थिए । उनले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गरेका थिए ।
गोवामा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि जिङपिङ, भुटानका प्रधानमन्त्री छिरिङ तोक्बेसँग छुट्टा छुट्टै भेटघाट गरेका थिए ।
१८ सदस्यीय टोलीका साथ प्रधानमन्त्री शनिवार गोवा प्रस्थान गरेका थिए ।






