काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका पाँच कार्यकर्तालाई जिल्ला अदालत सुनसरीको प्रवेशद्वारबाट नेपाल प्रहरीले नियन्त्रणमा लिई अवस्था सार्वजनिक नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ ।
अदालतको ढोकाबाटै नियन्त्रणमा लिएको भनिएका सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई सार्वजनिक गर्न आयोगले आग्रह गरेको छ । उसले मानव अधिकारको सम्मान र संरक्षण गर्न समेत सुरक्षा निकायको ध्यानाकर्षण गरेको छ ।
आयोगले ती व्यक्ति ०७४ चैत १८ गते बन्दी प्रत्यक्षीकरणको आदेशले सुनसरी जिल्ला अदालतबाट रिहा भए लगत्तै साँझ ६:२० बजे नेपाल प्रहरीले नियन्त्रणमा लिएको बुझिन आएको विज्ञप्तिमा उल्लेख छ ।






