लन्डन । बेलायतस्थित अनुग्रह गोल्ड हाउस अब नयाँ ठेगाना अल्डरसट स्थित ९५ भिक्टोरिया रोडमा थप व्यवस्थित र आधुनिक रूपले सञ्चालनमा आएको छ।

चलचित्र ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले २०१३ देखि सुन व्यवसायमा संलग्न रहँदै अनुग्रह ज्वेलर्स ब्रान्डलाई विस्तार गर्दै आएका छन्। उनले नयाँ स्थानमा सरेर ग्राहकका लागि अझ आकर्षक र सहज वातावरणमा सेवा उपलब्ध गराउने लक्ष्य राखेका छन्। राईका अनुसार, “अनुग्रह गोल्ड हाउस सबैका लागि रूखको छहारी जस्तै हो — जसले सबैलाई ओत दिने काम गरेको छ। नयाँ लेआउटमा हामीले ग्राहकलाई विश्वस्त र सुरक्षित सेवा दिने प्रयास गरेका छौं।”
नयाँ ठाउँमा सरेपछि अनुग्रह गोल्ड हाउस अझ आधुनिक डिजाइन, उच्च सुरक्षा सहितको वातावरण र उत्कृष्ट ग्राहक अनुभवका साथ सञ्चालनमा आएको राईको भनाइ छ । अहिले अनुग्रह ब्राण्डमा राईको अनुग्रह ज्वेलर्स अनुग्रह बुलिन, अनुग्रह वाच लिमिटेड, अनुग्रह ट्राभल, अनुग्रह गोल्ड हाउस तथा अनुग्रह फाउन्डेसन सञ्चालनमा छन्।
व्यवसायसंगै राई सामाजिक उत्तरदायित्वमा पनि सक्रिय छन्। अनुग्रह फाउण्डेशन मार्फत उनले जाजरकोटका भूकम्पपीडितदेखि खोटाङका विद्यार्थी र वृद्धवृद्धासम्मलाई सहयोग गरेका छन्। राई भन्छन्, “व्यवसाय मुनाफाका लागि मात्रै होइन, समाजमा सकारात्मक सोच र सहयोगको भावना फैलाउने माध्यम पनि हो।”
चलचित्र ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण समेत यसै बर्ष गरेका छन्।
अनुग्रह गोल्ड हाउसले तिहारको अवसर पारेर विशेष उपहारको अफर ल्याएको छ । जसमा सुनचाँदीका सिक्का तथा स्क्राच कार्डमा ५ पौण्ड देखि ५० पौण्ड रहेको संचालक राइले बताए ।


























