लण्डन । बेलायतमा कोेरोनाभाइरसको कारण ३२ बर्षीय महिलाको निधन भएको छ । सोंपाल समाज युकेका अध्यक्ष युक्त गुरुङले दिएको जानकारी अनुसार बेलायत मोर्डन निवासी संजय गुरुङको श्रीमती सुशीला गुरुङको नर्थविक पार्क हस्पिटलमा ३२ बर्षको अल्पायुमै निधन भएको हो ।
उनी सोंपाल समाजका सदस्य मिठुराम गुरुङ र बत्ती गुरुङकी बुहारी हुन् ।
सोपाल समाजले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । अध्यक्ष युक्त गुरुङ र महासचिव भरत गुरुङद्वारा विज्ञप्तीमा भनिएको छ, ‘यस दुःखद घडीमा स्वर्गीय सुशीला गुरुङको मृतआत्माको चिर शान्तीको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गदै शोक सन्तप्त परिवारजनहरुमा गहिरो दुख प्रकट गर्दै धैर्यधारण गर्ने शक्ती प्रदान गरुन् भनि भगवान बुद्ध संग प्रार्थना गर्दछौ ।’
त्यस्तै यहाँस्थित नेपाली धेरै संघसंस्था तथा व्यक्तिहरुले उनको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।






