अष्ट्रेलियाका विभिन्न शहरमा मनाइयो राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती

तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियाका विभिन्न शहरहरुमा राष्ट्रिय एकता दिवस तथा २९९ औँ पृथ्वी जयन्ती धुमधामका साथ मनाइएको छ । अष्ट्रेलियामा ३५ बर्ष देखी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस स्वतःस्फूर्त रुपमा मनाइदै आएकोमा यस बर्ष भने बेग्लै रौनकका साथ दिवस मनाइएको हो । प्रबासी नेपाली एकता समाज अस्ट्रेलियाको आयोजनमा सिड्नी, एडिलेड, डब्बोमा एकता दिवस मनाइएको हो । संगठनका सल्लाकार द्वय डा. राम कृष्ण निरौला र दिपक बिष्टको अगुवाई रहेका कार्यक्रममा विभिन्न नेपाली संघ संस्थाको सहयोग तथा समर्थन रहेको थियो। उक्त कार्यक्रमले नेपालबाट आएका अभिभाबक तथा साना नानीबाबुले नेपाली हुनुको महत्व बुझेको प्रबासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले बताए ।लण्डन नेपाल न्यूजसंग कुराकानी गदै  अध्यक्ष अजयबाबु राजवंशीले यसपटकको कार्यक्रम कोभिड १९ को कारण फरक तरिकाले मनाइएको वताए ।

बाक्लो नेपाली बस्ती भएको ओबर्नमा भएकोे कार्यक्रममा नेपाली अभिभावकले नेपाली बाजागाजा मादल, हार्मोनियम सहित उपस्थित भएर राष्ट्रियता झल्कने विविध गीत संगीत पस्केका थिए। सिड्नीको कार्यक्रममा एनआरएन ए  अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्सका संयोजक देव गुरूङ, समाजसेवीहरु डिला खरेल, दिनेश जोशी, एक्काका अध्यक्ष भुपाल सिटौला, डिल्ली ढकाल, रबिन्द्र कुमार शर्मा, मनोज अधिकारी, सरोज पाण्डे, विजय पौडेल, रोशन खतिवडा, राजु गिरी, सुकृती भट्ट ,पुर्ण नाथ घिमिरे, राजन सिटौला, कुशल केसी, राजु मानन्धर, जितेन श्रेस्ठ, सर्बेन्द्र थापा, सन्तोष केसी, अशोक उप्रेती लगायतको उपस्थिति थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको इतिहास सबैसामू जगजाहेर भएकोले उनको सम्मान गर्नुपर्ने बताए । शाहले एक नगरेको भए नेपालको अवस्था के हुन्थ्यो भनेर भन्न नसकिने उनको भनाई छ । उता अन्तर्राष्ट्रिय नेपाली दिवसको रुपमा मदनमणि अधिकारी, दीपक पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाए । उता न्यु साउथ वेल्सकै ग्रामीण भेग डब्बोमा पनि प्रबासी नेपाली समाज अस्ट्रेलियाका सदस्य ईश्वर गिरीको नेत्रित्तोमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका सल्लाहकार दिपक बिष्ट, साउथ अस्ट्रेलिया राज्य संयोजक कल्याण पन्तको सभापतित्वमा एडीलेडको जोस्लिन रिजर्ब पार्कमा भएको कार्यक्रममा जीत चन्द, प्रकाश रेग्मी, अरुण काफ्ले, नारायण काजी गुरुङ, डा. कुश श्रेष्ठ, राजु उपाध्याय लगायतको उपस्थिति थियो।

अस्ट्रेलियाको अर्को ठूलो शहर मेलबर्नमा अध्यक्ष विभूषण जोशीको नेतृत्वमा राष्ट्रिय शक्ति नेपाल अभियान अस्ट्रेलियाले २९९ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाए । मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योजन सहभागी थिए ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशब कडेल, पूर्वअध्यक्ष टोनु घोताने, प्रबासी नेपाली एकता समाज अस्ट्रेलियाका उपाध्यक्ष ऋषिकेश न्यौपाने, राष्ट्रिय शक्ति नेपाल अभियान अष्ट्रेलियाका अध्यक्ष विभूषण जोशी लगायतले पृथ्वीनारायण शाहको योगदानलाई नयाँ पुस्ताले स्मरण गर्नुपर्ने बताएका थिए ।

क्यानबेरा स्थित ब्ल्याक माउन्टेन पेनन्सुला स्थित एक्टन पार्कमा पनि मनाइएको छ ।  सन्तोस मल्लको संयोजकत्वमा भएको कार्यक्रममा चन्द्र तिवारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने  डा. कृष्ण हमालले पृथ्वीनारायण शाहको योगदान बारेमा चर्चा गरेका थिए ।  एनआरएनए आइसीसी सदस्य राजु अधिकारी,  एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा क्यानबेरा संयोजक चुडामनी सापकोटा, उपसंयोजक अशोक बस्नेत, पूर्व संयोजक राजन ढुँगेल, एएनएफएस पूर्व अध्यक्ष बिक्रम सुबेदी, एएनएफएस अध्यक्ष आदर्श जंग पान्डे लगायतले मन्तब्य राखेका थिए । सो अवसरमा दिपक हमालको म्यूजीक ब्यान्डले राष्ट्र भक्ति गितहरू पस्तुत गर्दा महोल नेपालीमय हुन पुगेको कार्यक्रम संचालक तथा  एनसीसी मेम्बर ललित मल्लले  बताए । ३०० औँ पृथ्वी जयन्ती धुमधामका साथ डा. कृष्ण हमाल  को संयोजकत्वमा मनाइने भएको मल्लले  जनाए ।