कोरोना संक्रमणमा दलित समुदायलाई गरिएको विभेदबारे सर्वेक्षण हुने

काठमाडौं । कोरना भाइरसले विश्वभरी प्रभाव पारिरहेको छ । यसको असर नेपालमा पनि परेको छ भने निरन्तरको लकडाउनले दलित, अति विपन्न, दैनिक ज्याला, मजदुरी गर्ने तथा अति गरिब समुदायमा प्रतिकुल असर परेको छ ।

यसै सन्दर्भमा कोरोना भाईरस र यसबाट उत्पन्न प्रतिकूल अवस्थाले दलित समुदायमा परेको असरबारे रिसर्च एन्ड डेभलपमेन्ट (आर एन्ड डी) ले अध्ययन थालेको छ । यो विषयमा आर एन्ड डीले संक्षिप्त अनलाईन सर्वेक्षण गर्न लागिएको हो ।

यो अध्ययनको निष्कर्ष जर्नल लेख वा प्रतिवेदनको रुपमा प्रकाशित गरिने छ भने तथ्यमा आधारित जनवकालत गर्न समेत प्रयोग हुने आर एन्ड डीले जनाएको छ। यो अनलाइन सर्वेक्षणमा भाग लिने सवै उत्तरदाताको परिचिय गोप्य रहने छ भने कुनै उत्तरदाताको अभिव्यक्ति राख्नै पर्ने देखिएमा स्वीकृति लिएर राखिने आर एन्ड डीले जनाएको छ ।

लेख पढ गर्न असमर्थ भए अन्य लेख पढ गर्न व्यक्तिको सहयोगमा यो फारम भर्न सकिने छ । यस सर्वेक्षणमा भाग लिएर सहयोग गरिदिन हुन आर एन्ड डीले अनुरोध गरेको छ ।
फर्म भर्नका लागि यो लिंकमा जानुहोस् ।https://docs.google.com/forms/d/1ywizRsZ0GFRyYcpOLgj57k82uOqhIXLs_nTB3yFFsYs/viewform?edit_requested=true&fbclid=IwAR0dlSN4KYsZTb20z6VuusR3pcJArH92JjE02sPERtMqCD9wMz1VDxNpoKw