सिड्नीका नेपाली विद्यार्थीलाई स्न्याक्स र इनर्जी ड्रिङ्स वितरण गरिदै

तक्दीर अधिकारी
सिड्नी । न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यमा रहेका नेपाली विद्यार्थीलाई जुन २६ शुक्रबारदेखि जुन २८ आइतबारसम्म निःशुल्क स्न्याक्स र इनर्जी ड्रिङ्स गरिने भएको छ । नाइफाको सकृयतामा लागेरडर रिटेल कम्पनीले उपलब्ध गराएको स्न्याक्स र इनर्जी ड्रिङ्स गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एनएसडब्लु राज्यको विभिन्न समय र स्थानमा शुक्रबारदेखि आइतबारसम्म वितरण गरिदै छ। बितरण गरिन लागिएको सामाग्रीमा स्न्याक्स र इनर्जी ड्रिङ्स, प्याक चिप्स, मुस्लिबार, चकलेट र इनर्जी ड्रिङ्स रहेका छन।

जुन २६ तारिख शुक्रबार अपरान्ह ४–५ बजेसम्म अवन हिमालयन फिउजन नेप्लिज रेस्टुरेन्टमा वितरण गर्ने, त्यसै दिन साँझ ६–७ बजेसम्म स्टार्ट फिल्ड कारपार्क क्लोज टु स्टेशन पार्कमा वितरण गरिने छ । त्यसैगरी जुन २७ शनिबार दिउँसो २–३ बजे ओवनमा रहेको साइनो नेपाली रेस्टुरेन्टमा वितरण हुनेछ भने अपरान्ह ४–५ स्ट्राटफिल्ड कारपार्क क्लोज टु स्टेशन पार्कबाट वितरण हुनेछ । त्यसै दिन रकडेलको ६१ बाइ स्ट्रिटमा दिउँसो २–४ बजेसम्म वितरण हुनेछ ।यस्तै २८ जुन आइतबार ग्रानभिलको मुनलाइट ग्रोसरीमा दिउँसो २ देखि ३ बजेसम्म, ओवनको क्याटमान्डु ग्रोसरीबाट ४–५ बजेसम्म र यस्तै रकडेल ६१ बाइस्ट्रिटमा दिउँसो २–४ बजेसम्म पुनः वितरण गरिनेछ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजक देव गुरुङले भने, ‘पहिला एनआरएनएले विद्यार्थीका लागि निश्चित मापदण्ड राखेर खाद्यन्न बाँडेको थियौं, तर अहिले कुनै मापदण्ड राखिएको छैन, विद्यार्थीले आफूलाई अनुकूल हुने समय र स्थानबाट निःशुल्क स्न्याक्स र इनर्जी ड्रिङ्स लिएर जान सक्ने छन् ।’ यो बितरण गरिन लागिएको सामाग्रीमा कुनै पनि मापदण्ड नभएको जो पहिला आउछ उसलाई र समानको स्टक नसकिये सम्म बितरण गरिने भएकाले इच्छुक बिद्यार्थीहरु लाई समय मा नै बितरण स्थानमा गएर समान लिन र यो अवसरको भरपूर सदुपयोग गर्न संयोजक गुरुङले अनुरोध गरेका छन् । यो समान बाँड्न पाउँदा आफूलाई खुशी लागेको र विद्यार्थीलाई यसले केही हदसम्म भए पनि सहयोग पुग्ने संयोजक गुरुङले बताए ।

न्यू साउथ वेल्स राज्य परिषद्का सचिव दिपक पहारीले विद्यार्थीलाई वितरण गरिएको यो स्न्याक्स र ड्रिङ्सले धेरै राहत पुग्ने बताए । स्न्याक्स र ड्रिङ्स विद्यार्थीको मनपर्ने खाजा हो, सचिव पहारीले भने, ‘काममा जाँदा बोकेर जान पनि सजिलो हुन्छ, त्यसैले यो उपयोगी हुने भएकाले उनीहरुले यो मन पराउने छन् भन्ने हामीले आशा राखेका छौं ।

नाइफाका अध्यक्ष दामोदर रावलका अनुसार लागेरडर रिटेल कम्पनीले २० हजार डलर बराबरको स्न्याक्स र इनर्जी ड्रिङ्स उपलब्ध गराएको थियो । त्यो हामीले एनएसडब्लुका विद्यार्थीलाई एनआरएनएमार्फत् वितरण गर्न लागेका हौं ।

अध्यक्ष रावलले भने, ‘ रुपेन श्रेष्ठ लागेरडर रिटेल कम्पनीको मेनजर हुनुहुन्छ  हामी पनि त्यही कम्पनीमा काम गछौं, नेपाली विद्यार्थीलाई सहयोग गर्नुप-यो भनेर हामीले कम्पनीसँग आग्रह गरेका थियौं । कम्पनीले वितरणका लागि २० हजार डलरभन्दा बढीका सामाग्री उपलब्ध गराएको हो ।’

२०१४ मा स्थापना भएको नाइफा गैरनाफामूलक संस्था हो । नाइफाले यसअघि पनि नेपाली समुदायमा काम गरिरहेको थियो । कोभिड–१९ ले गर्दा लकडाउन सुरु भएपछि स्न्याक र ड्रिङ्स नेपाली विद्यार्थीलाई वितरण गर्ने योजना थियो । अध्यक्ष रावलले भने, ‘त्यसभन्दा अघि नाइफाका सदस्यहरुबाट पैसा संकलन गरेर २ सय २० जनालाई घरदैलोमा खाद्यन्न पु-याएको थियो ।’

अध्यक्ष रावलले भने, ‘समस्या ठूलो, राहत सानो भएकाले नाइफाको बैठक बस्यो । बैठकले अन्य सामाजिक संघसंस्थासँग समन्वय गरेर जानुपर्छ भन्ने निष्कर्ष निकाल्यो । सोहीअनुरुप एनआरएनए एनएसडब्लु राज्य परिषद्सँग संयोजन गरेर वितरण गर्ने स्थान तय भएको हो ।’

‘एनआरएनएमा आएको निवेदनलाई आधार मानेर दिएको नामावलीमा हामीले घरदैलोमा खाद्यन्न पु¥याएका थियौं । होलसेलबाट चामललगायतका सामाग्री ल्याउँथ्यौं, हाम्रा सदस्यहरुले घरमै बसेर प्याक गर्नुहुन्थ्यो । त्यो प्याकिङ सामाग्री हामीले ३ सयभन्दा बढी विद्यार्थीका लागि वितरण गरेका थियौं ।

यस अवधिमा पनि हामीले कम्पनीसँग स्न्याक्स र ड्रिङस उपलब्ध गराउनु होस् भनेर हामी लागिरहेका थियौं । राम्रो काम गरिरहेका छौं ल ठीक छ भनेर कम्पनीले सामाग्री उपलब्ध गरायो । त्यो सामग्री हामीले एनआरएनएलाई हस्तान्तरण गरेका हौं’, अध्यक्ष रावलले भने ।