लन्डन । बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले नेपाली वेल्फेयर सोसाइटी यूकेको संयोजनमा बागलुङको गलकोट-३ मा ५० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । कोरोनाको कारण श्रमजीवी समुदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न सस्थाले राहत स्वरुप प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका आयो नुन उपलब्ध गरिएको अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन । 





जुम मार्फत लाइभ गरिएको उक्त कार्यक्रम सस्थाका उपाध्यक्ष तथा एनआरएनए युकेका सचीव जित रानाभाटले सन्चालन गरेका थिए ।सस्थाका छयालीस भन्दा बढी सदस्यहरुको आर्थिक सहयोगमा आधारित उक्त राहत बितरण कार्यक्रमका प्रमुख अतिथि पुर्ब शिक्षा मन्त्री तथा रास्ट्रिय सभाका नेकपा सम्सदिय दलका नेता माननीय दिनानाथ शर्माले कोरोनाको महामारी बिरुद्धको लडाइँमा स्वदेश र बिदेशमा रहनुहुने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवस्यक रहेको बताउदै बिषम परिस्थितिमा राहत प्रदान गरेर सस्थाले मानबिय काम गरेको बताए ।कोभीड-१९ बाट बिचलित नभई बेलायतमा रहेर पनि आफ्नो मातृभुमी र नागरिक प्रती उतरदायी हुने सहयोगीहातहरुप्रती शर्माले प्रसम्शा गरेका थिए ।
राहत बितरणको संयोजन गरेका नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा एनआरएनए युकेका सदस्य धन बहादुर सार्कीले मुलुकमा लक डाउनका कारण मजदुरी गरी छाक टार्दै आएका हरुको रोजीरोटी गुम्दा पेट पाल्न समस्या परेकाले राहत सामग्री वितरण गर्दै आएको बताए । यसअघि आफ्नो सस्थाले नेपालका ७ प्रदेशका ११ स्थानमा अप्ठ्यारामा पर्दै आएका ब्यक्ति र परिवारलाई सहयोग गर्दै आएको र आफूले सकेसम्म यो सहयोगलाई निरन्तरता दिने उनले जनाए ।
स्थानिया रुपमा गलकोट नगरपालिका कि उपमेयर रेनुका काउचा, वडा अध्यक्ष बिरजङ भणडारी, नेकपा प्रतिनिधि चित्र सहानी, नेका प्रतिनिधि फमबहादुर खत्री, जनमोर्चा प्रतिनिधि पदम श्रेष्ठ, वडा सदस्य तुलसी परियार, युवा अभियान्ता अनिल नेपाली लगायतले राहत हस्तान्तरणमा सहजीकरण गरेका थिए ।सस्थाका महासचिव मन्जु भणडारीले संकटको बेला आफ्नो मातृभुमी प्रति समर्पित हुनु असल नागरिकको कर्तब्य भएको बताइन ।
कार्यक्रमलाई जुम मार्फत नेपाल सरकार दलित बिकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बेलायतबाट सस्थाका आइसिसी सदस्य लिलादेबी गुरुङ, भाषा तथा सस्कृती बिभाग संरक्षक एवं सस्थाका पुर्ब अध्यक्ष हरि गोबिन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, रोयल नेप्लिज हाइली स्किल प्रोफेसनलका पुर्ब अध्यक्ष तथा बिजनेस बिभाग सचीव पुन्य प्रसाद रेग्मी, सल्लाहकार श्याम सेरचन, आलन पानडे, ह्यारी गुरुङ, कानुनी सल्लाहकार दिपक भट्टराई लगायतले मन्तव्य राखेका थिए ।






