प्रदेश २ मा कांग्रेस संसदीय दलको नेतामा रामसरोज सर्वसम्मत चयन

धनुषा— प्रदेश २ मा नेपाली कांग्रेस संसदीय दलको नेतामा रामसरोज यादव सर्वसम्मत चयन भएका छन् । यादव धनुषाबाट निर्वाचित भएका हुन् ।

सोमबार जनकपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकले यादवलाई सर्वसम्मत चयन गरेको हो ।

प्रदेश २ मा कांग्रेसका १९ जना सांसद छन् ।

यस अघि प्रदेश २ मा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले पार्टीका उपाध्यक्ष लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको गरि सकेको छ।