लन्डन– अधिवेशन आउन तीन साता बाँकी रहँदा गैरआवासीय नेपाली संघ यूकेको मतदाता नामावली सार्वजनिक भएको छ ।
सेप्टेम्बर ९ मा हुने अधिवेशनका लागि निर्वाचन समितिले १९ अगष्टमा मतदाता नामावली सार्वजनिक गरेको हो ।
कुल ३ हजार ६ सय २५ सदस्य मध्ये ३ हजार ४ सय ४२ को नाम स्वीकृत भएको छ । ६१ पेजमा समेटिएको नामावलीमा ११६ नम्बर खाली राखिएको छ । मतदाता नामावलीमा पर्न नसकेका १ सय ८२ सदस्यहरुले आइतबार दिउँसो तीन बजे भित्र दाबी विरोधको सूचना निर्वाचन समिति समक्ष पेश गरि सक्नु पर्ने छ ।
१४ अगष्टभित्र एनआरएनए यूकेमा सदस्यता फारम भरेका सदस्यहरुको नामावली कार्यसमितिले निर्वाचन समितिलाई हस्तान्तरणपछि मतदाता नामावली सार्वजनिक गरेको हो ।






