लण्डन । बेलायतमा नेपाली लोकदोहोरीका बादशाह राजु परियार र चर्चित गायिका शिला आलेको साथमा भव्य दोहोरी हुने भएको छ । चार्ल्टन नेपाली समाज यूकेले भव्य दोहोरी विशेष कार्यक्रम गर्ने भएको हो ।
समाजले खास दोहोरीको मर्मलाई उजागर गर्दै स्मरणीय बनाउन २३ जुलाई आईतबार दिउसो १२ बजे देखि साझँ ८ बजे सम्म मेरिडियन स्पोर्टस क्लवको सभाहलमा भब्य कार्यक्रम गर्ने भएको हो । समाजका कार्यवहाक अध्यक्ष प्रकाश कंडेलले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले चर्चित कलाकारहरु गायक राजु परियार र गायिका शिला आले लण्डन आउने जानकारी दिए ।
कार्यवहाक अध्यक्ष कंडेलले चर्चित डिजे हेम विष्टको साथमा जोडदार लाईभ लोक दोहोरी देखाइने भएकोले पारिवारिक वातावरणमा भरपूर मनोरञ्जन लिन आउन सबैलाई अनुरोध समेत गरेका छन् । कार्यक्रममा उपस्थित भएर मनोरञ्जन लिनका लागि बयस्कको लागी १५ पाऊण्ड ६ बर्ष देखी ११ बर्ष सम्मको लागी १० पाऊण्ड टिकट शुल्क कायम गरिएको छ । भने ५ बर्ष मुनिका बच्चाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
एकसमयमा लोकदोहोरी गायनमा एकछत्र राज गरेका राजु परियारले हजारौँ गीत गायका छन् । उनका वनमा काँडा छ, मिर्मिरेको घाम, फूलमा भमरा, मौरी फूलमाथि, धोका दिनेलाई के भनौं र खोई, लालुपाते नुग्यो भुईंतिर, तिमी घाम म छाया, रुमाल धो’को छु, फूलको थुंगामा, सुनपानीले छर्क मायालु जस्ता थुप्रै गीत चर्चित छन् ।
त्यस्तै राजु परियारकै समकक्षी जस्तै शिला आले पनि चर्चित लोक दोहोरी गायिका हुन् । उनको पनि दर्जनौँ गीत चर्चामा छन् । यी दुबै चर्चित हस्तिको उपस्थितिमा हुने दोहोरी विशेष बन्ने आयोजकको अपेक्षा छ । पुराना पुस्ताका चर्चित दुई दोहोरीमा उत्तिकै माहिर छन् ।
Venue:- Meridian Sports & Social Club Park Address:- Charlton Park Ln, London Post Code :- SE7 8QS Date:- 23rd July 2023 Sunday Time:- 12.00am To 20.00pm






