ईयूबाट बेलायतको बहिर्गमन : नेपाली अर्थतन्त्र ‘अलर्ट’

uk economyकाठमाडौं–संयुक्त अधिराज्य बेलायतले युरोपियन युनियन ईयूबाट बाहिरीने पक्षमा मतदान गरेसँगै विश्वभर त्यसको प्रभाव कसरी पर्छ भनेर चर्चा भइरहेको छ

नेपालमा पनि बेलायत ईयूबाट बाहिरीने निर्णयले नेपालसँगको आर्थिक तथा सामाजिक सम्बन्धमा असर पक्ष कि पर्दैन भनेर बहस सुरु भएको छ ।

नेपालको सिधा सम्बन्ध विश्व अर्थतन्त्रसँग नभए पनि अन्तर्राष्ट्रिय मुद्दाको बढ्दो प्रभाव, विप्रेषण रेमिट्यान्समा आधारित नेपाली अर्थतन्त्र र आयातमा निर्भर जीवन प्रणालीका कारण विश्वमा देखिने उतरचढावको सिकार नेपाल हुने गरेको छ ।

बेलायत ईयूबाट हट्ने पक्षमा भएको मतदानसँगै पाउन्ड स्टर्लिङ ३१ वर्षकै न्यून विन्दूमा झरेपछि विश्वभर डलरको भाउ बढेको छ ।