संसदको बैठक चलिरहेको बेला सांसदहरुलाई एक अर्कामा आखा जुधाएर हेर्न प्रतिबन्ध लगाइएको छ । संसदले यो पूरानो कानूनलाई नविकरण गर्दै संसदको सत्रमा पानी समेत निषेध गरेको छ ।
घटना हो अमेरिकाको । अमेरिकाको मिनिसोटा राज्यको उपल्लो सदन सिटेनले संसदमा छलफल चलिरहेको बेलामा एक अर्कामा आखा जुधाउन नदिने पूरानो कानूनलाई निरन्तरता दिएको हो । साथै सिनेटले सिनेटको छलफल सत्रमा पेय पदार्थ समेत निषेध गरेको स्थानिय संचारमाध्यमले जनाएका छन् ।
सिनेट संचालन सम्बन्धि नियमका विषयमा सोमबारको सिनेट बैठकमा मतदान भएको थियो । जहाँ आखा जुधाउन नपाउने तथा पय पदार्थ निषेध गर्ने पूरानो नियम १५ भोटका विरुद्ध ४४ भोटले पारित भएको छ ।
नियम अनुसार सांसदहरुले एक अर्कामा नहेरी सभाध्यक्षलाई हेरिरहनु पर्नेछ ।
यो नियमका विरुद्धमा मतदान गर्ने एक सांसद सेन वारेनले यस्तो नियम असान्दर्भिक र अनौठो रहेको बताएका छन् । तर नियमका पक्षधर बहुमत नेता टोम ब्याकले भने सांसदले बोलिरहेको बेला उसको अनुहारमा हेर्नाले छलफल बढि लामो हुने तथा व्यक्तिगत विवादमा मोडिने दाबी गरे ।
पानी लगायतका पेय पदार्थहरु संसद भवन भित्र लैजाँदा सिनेटका ऐतिहासिक टेबुलहरुमा क्षति पुग्ने भन्दै उनले केही पाइला पर नै पानी उपलब्ध भएको हुँदा आफ्नै टेबुलमा लैजानु आवश्यक नरहेको उनको दाबी छ ।
f






