हावाहुरीबाट मर्नेको संख्या २७ पुग्यो, ३४३ जना उपचारपछि घर फर्किए : प्रधानमन्त्री

आइतबार साँझ आएको त्रासद आँधी हुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी ज्यान गुमाउनेको संख्या २७ जना पुगेको र ६०० भन्दा बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका अनुसार घाइते भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किसकेका छन् ।

घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

बारा र पर्सामा आएको त्रासद आँधी हुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । घाइते हुनु भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किनु भएको छ । तत्काल राहतका लागि सामग्री सहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको छ । घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी राख्नेछैन ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

आइतबार राती पर्साका अस्पतालह?मा ६ जनाको शव आइपुगेको पर्सा प्रहरीले जानकारी दिएको थियो । यद्यपि, तीमध्ये अधिकांश छिमेकी बारा जिल्लाबाट ल्याइएको खुलेको छ । पर्सा जिल्लामा हालसम्म १ जनाको मात्र ज्यान गएको समाचार प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *