काठमाडौं- आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अनुगमन गर्न सोमबारदेखि आयोगको टोली विभिन्न जिल्ला जाँदै छ । टोलीले जिल्लामा निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा सुक्ष्म अनुगमन गर्ने छ ।
अनुगमनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा कडाइका साथ कारबाही गर्ने निर्वाचन आयोगले जनाएको छ । अनुगमन टोलीमा एक जना उप–महालेखापरीक्षक र सहसचिवहरुसहित ३७ जना रहेका छन् ।






