एनआरएनए यूकेद्वारा विभिन्न विभाग गठन, ५ सदस्य मनोनित, को–को हुँदैछन् सल्लाहकार ?

लन्डन– एनआरएनए यूकेको सातौं कार्यसमितिको पहिलो बैठकले विभिन्न विषयगत विभागहरु सहित ५ जनालाई को-अप सदस्यमा मनोनित गरेको छ ।

अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा आइतवार अल्डरशटमा सम्पन्न बैठकले कार्यसमितिको को अप सदस्यमा महेश गिरी,राजन खकुरेल, मनिष खड्का, गौमाया गुरुङ र डा.दिलिप यादव सदस्य मनोनित भएका हुन् । 

एनआरएनए यूकेका महामन्त्री आरके त्रिपाठीका अनुसार संघ संस्था संयोजन विभागमा उपाध्यक्ष पुनम गुरुङ, च्यारिटी विभागमा उपाध्यक्ष प्रेम गाहा मगर, आर्थिक विभागमा कोषाध्यक्ष सचिन श्रेष्ठ, प्रकाशन एवम प्रचार प्रसार विभागमा प्रवक्ता रमेश सराङकोटी, उद्योग व्यवसाय प्रबद्र्धन विभागमा सचिव सुरोज मास्के र कानुन तथा नागरिकता निरन्तरता विभागमा सचिव तारानाथ भण्डारी,भाषा साहित्य विभागमा सचिव नारायण गाउँलेलाई संयोजक तोकिएको छ ।

खोज अनुसन्धान र ज्ञान विज्ञान प्रविधि तथा बद्धिजिबी विभागमा कार्यसमिति सदस्य अर्कराज तिम्सिना, संगठन सुदृढिकरण एवम सदस्यता वितरण विभागमा उपाध्यक्ष शेरबहादुर सुनार, दैवीप्रकोप तथा आपतकालीन सहयोग विभागमा उपाध्यक्ष सुशिला राई, नेपाल सरकार, प्रदेश सरकार, सभासद, कर्मचारी तथा राजदूत समन्वय विभागमा महासचिव आरके त्रिपाठी संयोजक र उपमहासचिव विनय अधिकारी सहसंयोजक, सामुहिक लगानी विभागमा कार्यसमिति सदस्य गंगा राना, कला संस्कृति तथा धार्मिक संयोजन विभागमा कार्यसमिति सदस्य होमनाथ पौडेल र क्षेत्र संयोजन विभागमा उपाध्यक्ष ललित न्यौपानेलाई संयोजक तोकिएको छ ।

यसैगरी, बृद्ध तथा बालबालिका संयोजन विभागमा कार्यसमिति सदस्य बिमला लिम्बू, गोर्खाज समन्वय विभागमा उपाध्यक्ष डा प्रेम आले, युवा विभागमा युवा संयोजक लालबाहदुर गुरुङ, खेलकुद विभागमा कार्यसमिति सदस्य मुकेश राना, आईटी तथा सदस्यता एवम निर्वाचन सरलीकरण विभागमा कार्यसमिति सदस्य पवन शर्मा र विद्यार्थी तथा अन्य विभागमा कार्यसमिति सदस्य जित रानाभाटलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

एनआरएन यूकेका विभिन्न ७ वटा क्षेत्रीय समिति पनि गठन गर्ने निर्णय गरेको छ । जसअनुसार इस्ट लण्डन, वेस्ट लण्डन, अल्डरसट एरिया, मिडल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा क्षेत्रीय समितिहरु गठन गरिनेछन् ।

एनआरएन यूकेको कार्यालय स्थापना गर्ने र कार्यालयका लागि भवन हेर्ने र खोज्ने जिम्मा अध्यक्ष फगामी र महासचिव त्रिपाठीलाई लगाउने निर्णय बैठकले गरेको छ । बैठकले दुवै खुट्टा गुमाएका पूर्व गोर्खा हरि बुढा मगरको सगरमाथा आरोहण अभियान र  एन अार एनयुकेकाे सहयाेगमा युकेबाट नेपालमा तेकाेन्दाे खेलकाे लागि खेलाडि पठाउनकाे लागि खर्चकाे बन्दाेबस्त गर्नकाे लागि अावश्यक खर्च जुटाउन र यसकाे लागि युकेकाे एन अार एनबाट डा प्रेम अालेलाई सर्व सहमतबाट खर्च उठाउन संयाेजन जिम्मा दिएकाे छ । नेपालमा खेलकाे र खेलाडिकाे व्यवस्थापन गर्नकाे लागि राष्ट्र राईलाई जिम्मा लगाएकाे छ।

यसै बीच बैठकले काठमाडौंमा सम्पन्न आईसिसीको अधिवेशनमा एनआरएनएको उपाध्यक्षमा नवनिर्वाचित कुल आचार्य, सहकोषाध्यक्ष निर्वाचित सोम सापकोटा र महिला उपसंयोजक निर्वाचित संगिता मरहट्ठालाई वधाई तथा कार्यकालको सफलताको लागि शुभकामना ज्ञापन समेत गरेको छ ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले संस्थाका सल्लाहकारहरुको संख्या सानो र चुस्त एबं सामाजिक क्षेत्रमा योगदान गरेका, बौद्धिक व्यक्तित्व भएकाहरुलाई प्राथमिकता दिइने लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी संगको टेलिफोन कुराकानीमा  बताए ।

अघिल्लो कार्यसमितिमा झण्डै १ सय ७५ जना सल्लाहकार थिए ।