ओएनएफ युकेको दशैं तिहार शुभकामना साँझमा राष्ट्रिय सभाका अध्यक्ष प्रमुख अतिथी हुने

लण्डन। प्रवासी नेपाली मंच युके (ओएनएफ) युकेले दशैं तिहार शुभकामना साँझको तयारी पुरा गरेको छ । 

आगामी १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना गर्न लागिएको शुभकामना साँझको तयारी पुरा गरेको ओएनएफका अध्यक्ष तुंगभद्र भुसालले जनाएका हुन् ।

गतआइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले आगामी १७ अक्टोबरमा आयोजना गरिएको दशैं तिहार शुभकामना साँझ थप ससक्त बनाउने निर्णय गरेको थियो । 

शुभकामना साँझमा नेपालीबाट आएका कलाकारहरु सँगै स्थानीय कालाकारको पनि सहभागिता रहने ओएनएफले जनाएको छ । प्रवासमा रहेर पनि नेपालमै झै शुभकामना आदानप्रदान गर्न बेलायतवासी नेपालीलाई ओएनएफले चुल्है निम्तो दिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना प्रमुख अतिथि रहने उक्त शुभकामना साँझमा बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य विशेष अतिथिका रुपमा कार्यक्रममा सहभागी हुने जानकारी आयोजकले दिएको छ । 

उक्त शुभकामना साँझमा नेपालस्थित सामाजिक अगुवाहरुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

यसअघि कार्यक्रम सफल बनाउन सिंगो कार्यसमिति लाग्ने निर्णय गर्दै बैठकले उपस्थितिका लागि नेपाली समुदायलाई आव्हान गरेको थियो ।