नेपाल एयरलाइन्समा लन्डनबाट सोझै नेपाल !

Nepal_Airlines_01लन्डन- कुनै अवरोधरहस्तक्षेप नभए राष्ट्रिय ध्वजावहाक विमान कम्पनी नेपाल वायु सेवा निगमको जहाजबाट अर्को वर्षको यही समयमा लन्डनबाट सोझै नेपाल जान सकिने भएको छ ।

एक वर्षभित्रै खरिद गर्ने दुइटा वाइड बडी जहाजले अर्को वर्षको यही समयमा काठमाडौंबाट लन्डन, अष्ट्रेलिया, जापान उडान भर्ने निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए । ‘हामीले आगामी मंसिरमा पहिलो वाइड बडी र ०७३ माघमा दोस्रो वाइडवडी विमान काठमाडौंमा अवतरण गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।

निगमको नीतिगत, जनशक्ति, वित्तिय प्रणाली, व्यवस्थापनलगायत तयार पारिएको कार्ययोजनाले ०७४ बैशाखसम्म एउटा नयाँ न्यारोवडी विमान र ०७४ असारमा थप अर्कोगरी दुइटा न्यारोवडी जहाज पनि खरिद गर्ने योजना बनाएको छ । यो कार्ययोजनामा बाधा अवरोध नभए ०७४ असारसम्म निगमसँग ८ वटा ठूला विमानले अन्तर्राष्ट्रिय उडान भर्नेछन् ।